काठमाडौँ ः आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएको विरोधमा विप्लव समूहले सोमबार आह्वान गरेको बन्दले देशभर त्रास र आतंक भैलिएको छ । साथै जिल्लाहरुमा पनि प्रभाव भएको छ । बम आतंक, तीन विस्फोटमा चार जनाको मृत्यु भईसकेको छ । गत आइतबार छ राजधानीमा लगातार बम विस्फोटपछि सरकारले सुरक्षा कडा गरेको छ । सुकेधारा ढलान पुल नजिक दिउँसो बम विस्फोट हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका(३ नागढुंगा नजिक बम विस्फोट भएको थियो । आइतबार राति थानकोट बजारको इट्टाभट्टा नजिक बम विस्फोट भएको हो । राजधानी लगायत देशको विभिन्न स्थानमा बम फेला परेको छ । शंकास्पद बस्तुहरु विप्लव समूहले सोमबारको एक दिने बन्द सफल पार्ने उद्देश्यले राखेको अनुमान गरिएको छ । बन्दको प्रभावले आज सवारी साधन निकै कम चलेका छन् । निजी सवारी साधनहरु सडकमा केही पर्याप्त चलेका छन् भने भाडाका गाडीहरु कम चलेका छन् ।बन्दको प्रभाव राजधानीमा शैक्षिक संस्थाहरुमा बन्द भएका छन् ।

English
MTV NEPAL MTVNEPAL


