तरकारीको मूल्यले आकाश नै छुदाँनि प्रतिवेदन कार्यान्वयन हुन सकेन ।

काठमाडौँ – बजारमा आजभोलि तरकारीको मूल्यले दुई छाक टार्न नि असहज भईसकेको आम जनताहरुले जानकारी गराएका छन् । दिनहुँ तरकारीको मूल्य समझेर नै बजार जान मन नलागेको जनाउँछन् । तरकारी किनेर खान अब सकिदैन बरु गुन्दु्रक नै उमालेर खानु ठिक भन्दै आफनो राय तरकारी खरिद गर्न हिड्ने सर्वसाधारणको भनाई छ । तर तरकारीमा ५ तहसम्मको बिचौलिया भएको, तरकारीको मूल्य र कालीमाटी बजारसम्म आइपुग्दा मूल्य कसरी बढ्छ सहितको प्रतिवेदन प्रधामन्त्री कार्यलयमा बुझाएको थिएँ,’ दाहालले भने, ‘प्रतिवेदन तत्कालीन सचिव महेन्द्र गुरुङलाई बुझाइएको थियो तर कार्यान्वयन भएको देखिँदैन ।’तत्कालीन आपूर्ति विभागका महानिर्देशक तथा हालका यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालका अनुसार करिब सवा एक वर्षअघि बजारमा तरकारीको मूल्य अस्वाभाविक बढेपछि तत्कालीन निर्देशक निरज पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलले प्रतिवेदन पनि बनाएर सम्बन्धित निकायलाई बुझायो । तर, प्रतिवेदन कार्यान्वयन भएन ।अनुगमन ठप्प भएको करिब ४र५ महिनापश्चात् तरकारीको मूल्य पुनस् अकासियो । त्यसपश्चात् आपूर्ति विभागको टोलीले पुनस् धादिङ, मकवानपुरलगायत क्षेत्रको मूल्य विश्लेषण गरेको थियो । त्यसक्रममा पुनस् बिचौलियाकै कारण मूल्य बढेको पुष्टि भएको थियो ।विभागको टोलीले कालीमाटी बजारमा अनुगमन गर्दा विवादसमेत भएको थियो । कालीमाटीका व्यापारीले अनुगमन टोलीलाई कालीमाटी परिसरमै घेरा हालेपछि व्यवसायीसहितको कार्यदल र प्रतिवेदन बनाउने सहमति भएको थियो । जानकारका अनुसार बजारीकरण गर्नका लागि पूर्वाधार, भण्डारण नहुँदा पनि समस्या भएको हो । ‘किसानबाट ल्याएपछि कहाँ राख्ने, किसानसँग पनि पूर्वाधार छैन । यसका लागि बर्सेनि करोडौं खर्च हुन्छ,’ कृषिविज्ञ कृष्ण पौडेलले भने, ‘बिचौलिया सरकारमा छ । राज्यकोष दुरुपयोग गर्नेमा बिचौलिया हाबी भए ।’बजारीकरणका लागि बिचौलिया आवश्यक रहे पनि कति तहमा हुने निर्धारण गर्नुपर्ने बताए । किसानको उत्पादन र मूल्य कसको नियन्त्रण हुने तोक्नुपर्ने बताए । बिचौलियाको कारण किसानहरु मारमा पर्छन् । दिनरात दुख खेपेर ताजा तरकारी उब्जाउने एक तर मुल्य बढाएर व्यापार बढाउने चै यो बिचौलिया भएको मात्र देखिन्छ ।

THIS IS ADD AREA
x

Check Also

जनकपुरमा एयरपोर्ट छेउछाउमा रुखहरुको कटान ।

जनकपुर ः जनकपुर विमान स्थलमा रात्री विमान अवतरणका लागि एयरपोर्ट छेउछाउमा रहेका अग्ला रुखहरुको कटान कार्य लगभग समाप्त भएपछी नागरिक उद्द्यन काठमाडौबाट टोली आई निरीक्षण ...

Social Media Auto Publish Powered By : XYZScripts.com