मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेका ज्वाइँ ससुराको परिवारलाई गत सोमबार राति ९ जना को एकै चियान बनाई मारीएको थियो । मध्य रातको मौका पारी मुकुन्डो लगाएर बमबहादुर फियाकको घरमा पसेर हातमा खुकुरी बोकेका उनले एक घरको चार जना र लगत्तै बमबहादुरका ज्वाइँ धनराजको घर पुगी अर्का घरका सदस्य रहेका पाँच जना कसैलाई पनि बाँकी नराखी छिया छिया पारी मारेका थिए । त्यहाँ हुँदा भागेर बाच्न सफल १२ वर्षीया बालिका सीता खजुमलाई झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अहिले सामान्य रहेको छ । नौ जनाको हत्या गरिएका आशंका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेको थियो । यो घटनाका दोषीलाई कारवाही र छानविन गर्ने सांसदले माग गरेको छ ।

English
MTV NEPAL MTVNEPAL


