जनकपुर मा चल्ने भो रेल ।

जनकपुर:  रेल ब्रोडगेज रेलमार्गबाट बिहीबार जनकपुरसम्म आइपुगेको छ। भारतीय राजदूत मञ्जीवसिंह पुरीले जनकपुरबाट कनकपट्टीसम्म १० किलोमिटर रेल यात्रा गरे। राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय विदेश मन्त्रालयका अधिकारीसँगै रेलमार्ग निरीक्षण गरेका थिए।भारत सरकारको आर्थिक सहयोगमा रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा राजदूत पुरीले निरीक्षण गरेका हुन्। रेलमार्ग तयार भइसके पनि प्राविधिक कार्य बाँकी रहेकाले एक महिनाभित्र पूरा गर्न उनले निर्देशन दिए। उनले भारतीय पक्षबाट प्रोजेक्ट म्यानेजर सोरभ कुमारलाई यस्तो निर्देशन दिएका हुन्।रेल स्टेसनहरूमा शौचालय, फोहोर व्यवस्थापनलगायत कामलाई सक्दो छिटो सम्पन्न गर्न पनि उनले निर्देशन दिए। रेल सञ्चालनको समयावधि नजिकिएकाले बाँकी काम तत्काल सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो। भारतको इरिकन इन्टरनेसनल कम्पनीले रेलमार्गमा प्राविधिक पक्ष हेर्दै आएको छ। ३४ किलोमिटर रेलमार्गमा पहिलो चरणमा जयनगरबाट कुर्थासम्म १७ किलोमिटर दूरीमा रेल सेवा सञ्चालन गरिनेछ। रेल विभागले सन् २०१८ अक्टोबर महिनाभित्र रेल गुडाउने लक्ष्य लिएको छ।पहिलो चरणमा साउन २३ गते जयनगरबाट खजुरी स्टेसनसम्म ९ किलोमिटर परीक्षण गरिएको थियो।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com