सम्झौतामा समावेश हुनुपर्ने बुँदाहरु ;
– कामदारमाथि आर्थिक भार हटाउनुपर्ने ।
– कामदार मलेसिया आउँदा लाग्ने खर्च रोजगारदाताले व्यहोर्नुपर्ने ।
– कामदारको तलब कामदारकै बैंक खातामा जम्मा गरिदिनुपर्ने ।
– नेपालबाट क्वालालम्पुर विमानस्थलमा आइसकेपछि रोजगारदाता ढिलो पुग्दा नेपाली कामदार अलपत्र पर्ने गरेकाले रोजगारदाताले बढीमा ५र६ घण्टाभित्रै कामदार जिम्मा लिइ सक्नुपर्ने ।
– कामदार काम गर्ने समय मात्र नभई २४ सैं घण्टा लागु हुनेगरि बिमाको व्यवस्था गर्नुपर्ने । कारणवश कामदारको मृत्यु भएको खण्डमा १ लाख रिंगिटसम्मको बिमाको सुनिश्चित गराउनुपर्ने ।
– करार अवधि २ वर्षे गर्नुपर्ने ।
– मासिक न्युनतम तलब बृद्धि गर्नुपर्ने ।
– दुई देशका अधिकारीहरु सामेल हुने गरी संयुक्त कार्यदल बनाएर काम गर्ने ।
– रोजगारदाताले समयमै भिसा नवीकरण गराइदिनुपर्ने ।
– करार अवधि थपिएपछि भिसा र सम्झौतापत्रको प्रतिलिपि दुतावासलाई समेत बुझाउनुपर्ने ।
– कामदार मागपत्र प्रमाणिकरण नेपाली दुतावासबाट पनि गर्नुपर्ने ।
– कामदारको राहदानी कामदार आफैंले राख्न पाउनुपर्ने ।
– नेपालमा स्वास्थ्य परीक्षणमा योग्य भई आएका नेपाली कामदारको मलेसियामा पुनस् परीक्षण गर्दा अयोग्य देखिएमा त्यसबापत कामदारको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने ।

English
MTV NEPAL MTVNEPAL


