पोखरामा फेरि बालिकाको बलात्कार ः खै देशमा नारी सुरक्षा ? खाली तमाशा हरेर बस्दै छ नेपाल सरकार ? ? ?

देशमा निर्मला पन्तको दर्दनाक काण्डले न्याय नपाएको बेलामा फेरि एउटा बालिका बलात्कार गरिएको छ । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।पोखरा(२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका हुन् । ‘पौडेलसहित अरु पनि एकरदुई जना समातिएका छन्,’ वडा प्रहरी कार्यालय बैदामाका प्रमुख डीएसपी नवीन कार्कीले भने, ‘अनुसन्धानपछि थप कुरा बाहिर ल्याउने छौं ।’प्रहरकिा अनुसार पौडेलले अभियोग स्वीकार गरेका छन् । तर, अरुमाथि पनि आशंका रहेकाले अनुसन्धान जारी छ ।श्रीया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, उनी एकाएक हराएकी थिइन् । मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो । यो देशमा दिनहुँ जसो यस्ता घटना भएको सुन्नमा आएको छ । किन देशमा कडा कानुन अझै बन्न सक्दैन किन नेपाली चेलीहरु असुक्षित छन् । यो सिलसिला कहिल्यै सम्म नेपाल सरकार किन मौन छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com