जनकपुर, बजरङ्ग चोकमा बसाई भएका बालक अदित्य कुमार सिंह,उमेर १२, कक्षा ८ मा पढदै गरेका बालक आज सम्म बेपत्ता भएका छन् । उनी गत बुधबार आफनो घरबाट दिनको २ः ०० बजे साथीलाई भेटेर आउँछु भनी निस्केको उनको आमा किरन सिंह बताउँछिन् । दिनभरी आफना छोरा साथी सँगै होऊलान् भनि ढुक्क भई बसेका उनका आमाले साझँ सम्म आफनो कान्छो छोरा घर नफर्कदा घर लगायत सबै नातेदार र छिमेकीमा जानकारी गराईको बताउँछिन्। प्रहरीले २४ घन्टा सम्म कुनै प्रक्रिया सुचारु नगर्ने भएकाले २४ घन्टा सम्म उनकै आफन्तहरुले नै उनको खोजीमा जोरका तोर लगाएका थिए तरपनि केहि कतै सुइको नपाए पछि जनकपुर नगरपालिका प्रहरी प्रशासनमा बालक हराएको उजुरी दर्ता गराईको बताउँछिन् । आज बालक अदित्य कुमार सिंह हराएका ८ दिन भईसकेको छ तर पनि कुनै जानकारी प्राप्त हुन सकेको छैन । बालक अदित्य कुमार सिंहले आफनै रेडमी फाइप प्लस् नामक मोवाइल बोकेका थिए र हरेक दिन आफनो मोवाइल अन राख्ने बालक त्यो दिन उनको मोवाइलको सुइच अफ भएको र फेसबुक पनि बन्द भएको उनको भाई अभिषेक कुमार सिंह बताउँछन् ।
आजसम्म कुनै पत्ता नलाग्दा सबै घरको आफन्तको बेहाल भई रहेको छ । जिल्ला प्रहरी धनुषा पनि हामी आफनो तर्फबाट लागि परि रहेको जनकपुर जिल्लाका डि.एस.पी बताउँछ । इनडिया बोडर छेऊछाऊ भएकाले बोडरको सिसि टिभीमा पनि प्रहरी र आफन्त मिली अनुगमन गर्दा केही पत्ता नलागेको बताउँछन् । उनी कता छन् कुन हालतमा छन् केहि भन्न सकिन्न । बालक आमा र बुबा आफनो छोराको घर फर्कने बाटो हरेर छोरालाई कुरेर बसेका छन् ।
बालक अदित्य कुमार सिंहलाई कही कसैले देखनु या कतै कोही मार्फत समाचार पाउनु भएमा हामीलाई तुरुन्तै खबर गर्नु होला । तपाईको सानो सहयोग बालकको र उनको परिवारको हित हुनेछ ।
सम्र्पकनंमबरहरुः
रविन्द्र सिहं (९८६४२१६१४४) बालकको बुबा
अभिषेक कुमार सिहं(९८०१०२९३९६)बालकको भाई
सचिन सिहं(९८४१३१६३१५)बालकको मामा
सजनी सिहं(९८०२०१६३१५)बालकको माईजु

English
MTV NEPAL MTVNEPAL


