काठमाडौंः पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दा पनि पनि पुनःनिमार्ण हुन नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटर मार्फत डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मेरो धरहरा मेरो गौरव’ अभियानमाथि समेत प्रश्न उठाएका छन्।
‘विनाशकारी भूकम्पको तीन वर्ष पछि सात लाख भत्किएका घर र अन्य संरचना मध्ये दुई तिहाइ अझै बन्न नसक्नु राष्ट्रिय लज्जाको विषय हो!’, उनले भनेका छन्, ‘तर सरकार र प्रम कुनै लज्जबोध नगरी मेरो धरहरा मेरो गौरवको डम्फु बजाउन लाग्नु त टाउकाको ओखती नाइटामा लगाए जस्तो भएन र?

English
MTV NEPAL MTVNEPAL


