प्रधानमन्त्रीको धरहरा अभियानप्रति डा. भट्टराईको टिप्पणीः टाउकाको ओखती नाइटामा लगाए जस्तो

काठमाडौंः पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दा पनि पनि पुनःनिमार्ण हुन नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटर मार्फत डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मेरो धरहरा मेरो गौरव’ अभियानमाथि समेत प्रश्न उठाएका छन्।

‘विनाशकारी भूकम्पको तीन वर्ष पछि सात लाख भत्किएका घर र अन्य संरचना मध्ये दुई तिहाइ अझै बन्न नसक्नु राष्ट्रिय लज्जाको विषय हो!’, उनले भनेका छन्, ‘तर सरकार र प्रम कुनै लज्जबोध नगरी मेरो धरहरा मेरो गौरवको डम्फु बजाउन लाग्नु त टाउकाको ओखती नाइटामा लगाए जस्तो भएन र?

Baburam Bhattarai

@brb1954

विनाशकारी भूकम्पको तीन बर्ष पछि ७ लाख भत्किएका घर र अन्य संरचनामध्ये दुइतिहाइ अझै बन्न नसक्नु राष्ट्रिय लज्जाको बिषय हो!तर सरकार र प्रम कुनै लज्जाबोध नगरी’मेरो धरहरा मेरो गौरव’ को डम्फु बजाउन लाग्नु त झन् टाउकाको ओखती नाइटामा लगाए जस्तो भएन र?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com