बाँकेको जानकी गाउँपालिकाबाट कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
हतियार कारोबार र ओसारपसारमा संलग्नताको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सोमबार सङ्घीय प्रहरी इकाइ कार्यालय नेपालगञ्जले सार्वजनिक गरेको हो ।
नेपालगञ्ज उप–महानगरपालिका २० मा रहेको मनकामना ग्याँस उद्योग नजिकै चेकजाँचका क्रममा जानकी गाउँपालिका–६, का प्रमोदकुमार चमारलाई भे ३ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाइछिपाइ राखेको कटुवा पेस्तोल एकथान र त्यसमा प्रयोग हुने गोली ३ राउण्डसहित पक्राउ गरेको हो ।
मोटरसाइकलमा हतियार ल्याउँदै गरेको पूर्व सूचनाका आधारमा चेकजाँच गर्दा हतियार फेला परेको हो । आइतबार साँझ पक्राउ परेका चमारले जानकी गाउँपालिका–६, का शोभाराम यादवबाट हतियार खरिद गरेको बयान दिएपछि यादवलाई सोमबार बिहान पक्राउ गरिएको हो ।

English
MTV NEPAL MTVNEPAL


