विश्वको सबैभन्दा गरीब देशहरु मध्ये पुच्छारबाट लगभग अन्तिममा नाम आउने हाम्रो देश नेपालको कायापलट गर्ने भाषण बारम्बार नेताहरुको मुखबाट सुनिदै आएको छ । कहिले सिंगापुर त कहिले स्विटजरल्याण्ड बनाउने नेताहरुको सपना मा हामी नेपालीहरु बारम्बार ताली बजाउँदै आएका छौ । तर हालै महालेखा नियन्त्रक कार्यालयबाट पेस भएको आर्थिक विवरण अनुसार हामी नेपालीको टाउको मा निकै ठुलो ऋण रहेको तथ्य सार्वजनिक भएको छ ।
महालेखा परिक्षकको प्रतिबेदन अनुसार देश निकै ठुलो आर्थिक संकटमा रहेको देखिएको छ । निरन्तर ब्यापार घाटा बढ्नु, बैदेशिक रोजगारिमा जाने संख्या घटी रेमिट्यान्समा कमी आउनु र उत्पादन बढाउन नसक्नुले नेपालको सोधानान्तर घाटा बढेको प्रतिबेदनमा उल्लेख गरिएको छ । आर्थिक विवरण अनुसार आर्थिक वर्ष ०७३र७४ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ६ खर्ब ९७ अर्ब ६९ करोड छ ।
जसमध्ये आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ७१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड छ । कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार २७६ रुपैयाँ २५ पैसा रहेको छ । यसरी एक वर्षमा प्रतिव्यक्ति ऋण दायित्व २ हजार १४७ रुपैयाँ ३४ पैसाले बढेको छ ।

English
MTV NEPAL MTVNEPAL


