चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै ट्रम्प प्रशासनले चीन विरुद्ध नाकाबन्दी लगाउने योजना बनाएको छ ।
ह्वाइट हाउसले धेरै वर्षदेखि छलफल हुँदै आएको बौद्धिक चोरीको विषयमा चीनले कुनै परिवर्तन नल्याएकाले नाकाबन्दी गर्ने जनाएको हो ।
नयाँ कदम अनुसार चीन विरुद्ध अमेरिकाले ३० देखि ६० बिलियन अमेरिकी डलरको कर लगाउन सक्ने तथा चीनसँग गरेको लगानीमा कटौती गर्ने जनाएको अमेरिकी सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकाले चीनको वौद्धिक चोरी विरुद्ध विश्व व्यापार संगठनमा पनि आवाज उठाउने जनाएको छ ।
अमेरिकाले चीनले अमेरिकामा साना उद्योग खोलेर प्रविधि चोरेको आरोप लगाएको छ । त्यस्तै, चीनले रणनीतिक रुपमा केही उद्योग अमेरिकामा स्थापना गरेर साइबर आक्रमण गरिरहेको अमेरिकी आरोप छ ।
चीनले अमेरिकी प्रविधि चोरेर आफ्नो सैन्य क्षमतामा विस्तार गरेको अमेरिकाको भनाई रहेको छ ।

English
MTV NEPAL MTVNEPAL


