निजी विद्यालयमा चर्को शुल्क : सरकारी वकिलद्वारा फाइल फिर्ता

विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको कार्यालयले विभागमै फिर्ता पठाएको छ। ठगीअन्तर्गत मुद्दा दायर गर्न राय माग गर्दै विभागले दर्ता गरेको अभियोगपत्रमा पर्याप्त प्रमाण नपुगेको भन्दै वकिलको कार्यालयले फिर्ता पठाइदिएको हो। विभागले दुई साताअघि द चाँदबाग स्कुलविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय र रातो बंगला, युलेन्स, जेम्स र प्रिमियर स्कुलविरुद्ध ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोगपत्र दर्ता गरेको थियो।

विभागले प्रचलित कानुनविपरीत शुल्क लिएको गुनासोका आधारमा राजधानीका १५ वटा स्कुलको शुल्क संरचनाबारे अनुगमन गरेको थियो। अनुगमनका क्रममा अधिकांश स्कुलले विद्यार्थीसँग शुल्क तोक्दा कानुनी व्यवस्थालाई नमानेको पाइएको थियो। काठमाडौं र ललितपुर दुवै सरकारी वकिलको कार्यालयबाट पत्र फिर्ता आएपछि थप कागजपत्र पठाइदिन विभागले काठमाडौं र ललितपुर जिल्ला शिक्षा कार्यालयलाई मंगलबार नै पत्र पठाएको छ। ‘जिशिकाबाट थप प्रमाण आएपछि वकिलको कार्यालयमा पठाउँछौं’, विभागका महानिर्देशक कुमार दाहालले भने।थप अनुसन्धानका लागि अभियोगपत्र विभागमा पठाएको काठमाडौं सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता सूर्य दाहालले बताए

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com