त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने भएको छ ।
बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले आज आकस्मिक बैठक बोलाएर भोली सार्वजनिक विदासहित राष्ट्रिय शोक मनाउने घोषणा गर्नुभएको डेली स्टार ले जनाएको छ ।
यस्तै पर्सी शुक्रबार देशका सबै मस्जिद, मठमन्दिर तथा गुम्वामा शोकसभा गर्ने पनि बंगलादेशको प्रधानमन्त्री कार्यालयले जनाएको छ । विमान दुर्घटनामा २५ बंगलादेशी नागरिकसहित ४९ जनाको ज्यान गएको थियो ।

English
MTV NEPAL MTVNEPAL


