विप्लव पार्टीको प्रश्न : लेनिनको शालिक ढल्दा किन बोलेनन् ओली–प्रचण्ड ?

काठमाडौं–कम्युनिष्ट पार्टीको आर्दश मानिने लेनिनको भारतमा शालिक ढालियो । यो विषयलाई कम्युनिष्ट विचारधार बोक्नेहरुले ठूलो मुद्दा पनि बनाएन । तर, नेपालका प्रमुख दुई ठूला बामपन्थी पार्टी एमाले र माओवादीका नेताहरुले भने मुख खोलेनन् । यही मौनतामाथि विप्लव नेतृत्वको नेकपाका नेताहरुले प्रश्न उठाएका छन् ।

नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले सामाजिक संजाल फेसवुकमा यो घटनाको विरोध गरेर ओली र प्रचण्डले आफुलाई कम्युनिष्ट भएको पुष्टी गर्लान ? भन्ने प्रश्न उठाएका छन् । उनले लेखेका छन्, ‘केपी–पीके सरकारले भारतमा लेनिनको शालिक ढालिएको घटना जो खेदजनक कार्य हो यसको औपचारिक बिरोध गरेर कम्युनिस्ट वा वाम भएको पुष्टि गर्ला त ? हेर्न चाहेको छन् जनताले । सायद उसले यसो नगरेर दलाल सरकारको परिचय दिनेछ ।’

त्यस्तै उनले केही दिनअघि प्रचडले विप्लववारे दिएको अभिव्यक्तिको पनि कडा आलोचना गरेक छन् । पार्टीको एक कार्यक्रममा प्रचण्डले ‘विप्लवले माखो मार्दैनन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।  त्यसको जवाफमा बमले लेखेका छन्, ‘प्रचण्डको  यो अभिव्यक्ति उनले विप्लवलाई  पटकपटक भेट्ने प्रयास गर्दापनि भेट नहँुदाको छटपटाहट,आक्रोश, हतास र निराशाजनक अभिव्यक्ति मात्रै हो । यदि उनले विप्लवलाई त्यसरी बुझेको भए न भेट्न कोशिस गर्थे, नत अहिले हामीलाई दमन गर्नेमा कमिसारको भुमिका नै खेल्थे ।’

बामगठबन्ध सरकार बनेदेखि नै सरकार र विप्लवको पार्टीवीच तनाव बढन सक्ने घटनाक्रम विकसित हुँदै आएका छन् । केही दिन अगाडि विप्लवको घरमा पक्राउ पुर्जी टाँसिएको छ । विप्लव भूमिगत छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com