महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न प्रधानमन्त्री ओलीको प्रस्ताव

बामगठबन्धनले यी दुई पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई प्रस्ताव गरेका छन् ।

उपराष्ट्रपति राजपा नेपाल र उपसभामुख फोरम नेपालको भागमा परेको स्रोतको भनाई छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं केपी शर्मा ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेका छन् ।  स्रोतका अनुुसार फागुन २३ गते प्रधानमन्त्री ओली र संयोजक ठाकुरबीच भएको वार्तामा प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव आएको हो । प्रधानमन्त्रीको प्रस्तावमा ठाकुरले आफु सकरात्मक रहेको र यस विषयमा पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।

यसै विचमा राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई काँग्रेस सभापति शेरबहादुर देउवाले सहकार्यका लागि आग्रह गरेका छन् ।  काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीको राष्ट्रपति उम्मेदवार लक्ष्मी राईलाई सहयोग गर्न आग्रह गरेका हुन् । सोही क्रममा उनले हिजो (विहिवार) राष्ट्रिय जनता पार्टी नेपालका संयोजक ठाकुरलाई फोन गरि आफ्नो दलको राष्ट्रपति उम्मेदवार राईलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले उपराष्ट्रपतिका लागि अफर गरेको २४ घण्टा नवित्दै देउवाले ठाकुरलाई फोन गरेका हुन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com