बामगठबन्धनले यी दुई पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई प्रस्ताव गरेका छन् ।
उपराष्ट्रपति राजपा नेपाल र उपसभामुख फोरम नेपालको भागमा परेको स्रोतको भनाई छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं केपी शर्मा ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेका छन् । स्रोतका अनुुसार फागुन २३ गते प्रधानमन्त्री ओली र संयोजक ठाकुरबीच भएको वार्तामा प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव आएको हो । प्रधानमन्त्रीको प्रस्तावमा ठाकुरले आफु सकरात्मक रहेको र यस विषयमा पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।
यसै विचमा राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई काँग्रेस सभापति शेरबहादुर देउवाले सहकार्यका लागि आग्रह गरेका छन् । काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीको राष्ट्रपति उम्मेदवार लक्ष्मी राईलाई सहयोग गर्न आग्रह गरेका हुन् । सोही क्रममा उनले हिजो (विहिवार) राष्ट्रिय जनता पार्टी नेपालका संयोजक ठाकुरलाई फोन गरि आफ्नो दलको राष्ट्रपति उम्मेदवार राईलाई सहयोग गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले उपराष्ट्रपतिका लागि अफर गरेको २४ घण्टा नवित्दै देउवाले ठाकुरलाई फोन गरेका हुन् ।

English
MTV NEPAL MTVNEPAL


