सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि हुने

काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर महरा निर्विरोध चयन भएका छन्।

आज दिउँसो १ बजेसम्म उम्मेदवार दर्ताको समय तोकिएकोमा महराको मात्र मनोनयन दर्ता भएपछि उनी सभामुख बन्ने निश्चित भएका हो।शुक्रवार महराले सभामुख पदका लागि उम्मेदवार दर्ता गराएका थिए। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने जनाएपछि उनको मात्र मनोनयन परेको हो।

अब शनिवार प्रतिनिधि सभाको अन्तरिम कार्यविधि अनुसार महरालाई सभामुख घोषणा गरिनेछ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com