प्रतिनिधिसभाको सभामुखको चुनाव फागुन २६ गते

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले प्रतिनिधिसभाको सभामुखको चुनाव फागुन २६ गते गर्ने निर्णय गरेको छ । २६ गते दिउँसो १ बजे बस्ने बैठकले नयाँ सभामुख चयन गर्नेछ ।

यस्तै बैठकले संसद बैठक सञ्चालको लागि चाहिने प्रतिनिधिसभा नियमावली बनाउन १३ सदस्यीय मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा कृष्णभक्त पोख्रेल, जूलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडु, देव गुरुङ, प्रेम सुवाल, बृजेशकुमार गुप्ता, मिन विश्वकर्मा, मिनेन्द्र रिजाल, रविन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव रहेका छन् ।

समितिले १ महिनाभित्र नियमावलीको मस्यौदा बनाउने जिम्मा पाएको छ । प्रतिनिधिसभाको अर्को बैठक २६ गते १ बजेसम्मका लागि स्थगित भएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com