पाकिस्तानी सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टीको अध्यक्ष पदका लागि अयोग्य भएको फैसला गरेको छ ।
अदालतले सत्ताधारी पाकिस्तान मुस्लिम लीग नवाज पीएमएल–एन को अध्यक्ष पदमा सरिफ अयोग्य भएका ठहर गरेको हो । पार्टीको अध्यक्ष हुँदा सरिफले गरेका निर्णय पनि अमान्य हुने पाकिस्तानी सर्वोच्च अदालतले फैसला गरेको बीबीसीले जनाएको छ ।
गएको वर्ष जुलाई महिनामा पनामा पेपर्सले सार्वजनिक गरेको चुहावटमा दोषी ठहरिएपछि सरिफलाई प्रधानमन्त्री पदको लागि अयोग्य ठहर गरिएको थियो ।
अदालतको फैसलासँगै आउँदो महिना सिनेटको चुनाव पनि अनिश्चित हुने देखिएको छ ।

English
MTV NEPAL MTVNEPAL


