कर्मचारी २४ घन्टाभित्र कार्यक्षेत्र नपुगे कारबाही

कर्मचारीहरु प्रदेशमा खटाएको एक महिना बित्दा पनि कार्य क्षेत्रमा नपुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चेतावनीपत्र पठाएको छ। मुख्य सचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २४ घन्टाभित्र कर्मचारी प्रदेशमा पठाउन बुधबार सचिव र महानिर्देशकलाई चेतावनीपत्र पठाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई पत्र पठाएको यो तेस्रोपटक हो । यसअघि माघ २३ मा पहिलोपटक पत्र पठाइएको थियो । त्यसको एक सातासम्म पनि कर्मचारी नगएपछि दोस्रो पत्र पठाइएको थियो।

दोस्रो पत्र पठाए पनि कर्मचारीले अटेर गरेपछि बुधबार २४ घन्टे निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो। केन्द्रबाट खटाइएका प्रशासन सेवाका कर्मचारी प्रदेशमा नपुगेपछि प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालयसहित सात मन्त्रालय र प्रदेशसभामा कर्मचारीको अभाव भएको छ। पत्रमा मन्त्रिरिषद् कार्यालयले मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई तुरुन्त रमाना दिएर कर्मचारी खटाउन निर्देशन दिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो, ‘अब पनि कर्मचारी पठाउन अटेर गरे शुक्रबार वा आइतवार सबै सचिव र महानिर्देशकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बोलाउने तयारी गरिएको छ।’ सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई खटाएको पत्र मन्त्रालय र विभागमा पठाएको छ भने सम्बन्धित कर्मचारीलाई पनि पत्र पठाएको छ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com