प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मितिमाथि प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममितिको समस्यामा परेका छन् ।
नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक÷फरक जन्म मिति भेटिएपछि डा. केसी समस्यामा परेका हुन् ।डा. केसिको नागरिकतामा २७ असोज २०१३ , एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ र उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।
आफ्नो जन्ममितिलाई लिएर विवाद भएपछि डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर त्रुटी स्वीकार गरेका छन् । प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमामा फरक जन्ममिति हुन पुगेको उनले बताए ।
उनले अघि भने, जहाँसम्म मैले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिको कुरा छ, तिनमा मानवीय त्रुटी भएको म स्वीकार गर्छु ।’
डा. केसीले आफ्नो जन्ममितिलाई लिएर भएको विवादले सुशासन र जवाफदेहिताका लागि चलाएको अभियानमा कुनै फरक नपर्ने पनि बताएका छन् ।

English
MTV NEPAL MTVNEPAL


