पछिल्लो समय ठुला हत्याकाण्डमा संलग्न हुदै आएका मनोज पुन भनेर चिनिने गुण्डा नाईके मनोजबहादुर बुढामगर बुधबार बिहान प्रहरी इन्काउण्टरमा मारिएका छन् । श्रृङ्खलाबद्ध हत्याकाण्डमा संलग्न पुन लुकिछिपि बस्दै आएका थिए ।
मुठभेडमा नाइके पुनसगै उनका सहयोगी सोम आले पनि मारिएका छन् ।
रुपन्देहिको देवदहमा बुधबार बिहान करिब साढे ३ बजे प्रहरि र उनिहरुबिच जम्काभेट भएको थियो । प्रहरिसँग लुकेर भाग्ने क्रममा दुवै पक्षबिच फायरिङ भएको थियो । दोहोरो फायरिङकै क्रममा उनिहरुको मृत्यू भएको रुपन्देहिका एसपि श्याम ज्ञवालीले बताएका छन् ।
पुन झण्डै दुईवर्ष अघिदेखि नेपाल प्रहरिको ‘मोस्ट वान्टेड’ सुचिमा रहेका थिए । व्यवसायिहरुलाई सुरुमा फोन गरेर पैसा माग्ने, धम्क्याउने र यति गर्दापनि आफुले मागेजति रकम नपाएपछि गोलि हानि हत्या गर्ने र अन्डरवल्र्ड शैलिमा फोन गरेर घटनाको जिम्मेवारी लिने पुनको शैलि बन्दै आएको थियो ।


पुनले २०७३ पुस ४ गते यूवासंघ रुपन्देहिका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए, सोहि हत्यापछि चर्चित बनेका पुनकै संलग्नतामा २१ पुस २०७४ मा तिवारीकै साथी तथा फर्निचर व्यवसायि बलु पौडेलको पनि हत्या गोलि हानि हत्या गरेका थिए ।
को हुन पुन ?
स्थानिय टोले गुण्डादेखि राजनितिमा सक्रिय हुँदै हत्या तथा अपहरण लगायत दर्जनौ आपराधिक घटनाका नाईके पुनको वास्तविक नाम मनोजबहादुर बुढामगर हो ।
रुपन्देहि देवदह, खैरेनीका २९ वर्षिय पुन ०६२–०६३ देखि राजनितिमा सक्रिय हुँदै अपराध दुनियामा छिरेका हुन् । ०६३–०६४ देखि जिल्लामा हुने ठेक्कापट्टा र विकास निर्माणको काममा कमिसनको हिस्सा पुनले दाबि गर्दै आएका थिए ।
सानो यूवाको ग्याङग बनाएर ठेक्कापट्टामा आफ्नो हिस्सा खोज्न थालेका पुनले पछि गएर कमिशन माग्न थाले, दाबि कमिशन नपाएपछि अपहरण, धम्कि र गोलि आतंक उनको प्राथमिकता बनेको थियो ।
जनआन्दोलन पछि सक्रिय रहेको तत्कालिन नेकपा माओवादिको भातृ संगठन (वाईसिएल) मा प्रवेश गरेपछि उनि अझ सक्रिय रुपमा आफ्नो गुण्डागर्दि फराकिलो बनाउन तिर लागे । पछि एमाले निकट यूथ फोर्सको रुपन्देहि निर्वाचन क्षेत्र नंबर १ को कोषध्यक्ष समेत बनेका थिए । राजनितिक दलमा प्रवेश गर्नु उनको लागी गुण्डागर्दिको सहजताका लागी ‘लाइसेन्स’ प्राप्त गर्नुसरह भएको बताइन्छ ।
गुण्डागर्दि र कोषाध्यक्ष बन्न पुनलाइ तिवारीले नै सहयोग गरेको भएपनि पछि प्रतिशोधको भावनाले उनको हत्या गरेको प्रहरिको बुझाई छ ।
अवकास प्राप्त भारतिय सेनाका छोरा पुनको पूख्र्यौली घर म्याग्दि हो । एक दाजु र दूई दिदिबहिनि रहेका पुनको हाल घर देवदहकै खैरेनि चोकमा रहेको छ ।
स्थानिय केरवानि माविबाट एसएलसि सम्म अध्ययन गरेका पुनको एक छोरी छिन् ।
पुनको भारत बसाई
गुण्डा नाईके पुन तिवारी हत्याकाण्ड पछि भारत भागेका हुन् । भारतमा पनि उनको अपराधिक यात्रामा कुनै कमि आएन । उल्टै भारतिय अपराधिहरु सँग मिलेर नेपालमा हातहतियार तथा लागुऔषधको कारोबार थालेको प्रहरीको भनाई छ ।
अपराधिक क्रियाकलाप तथा गोलिकाण्डका बारेमा पुनले भारतमै बसेर योजना बनाउने गरेका थिए । भारत बसाईकै क्रममा दिल्लिका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग उनले सम्बन्ध बढाएको बुझिएको छ । जोगा मूम्बई अन्डरवल्र्डका डन सन्तोष सेट्टि समुहका व्यक्ति हुन ।
पछिल्लो समय २०७४ असोज २३ गते काठमाडौको नयाँबानेश्वर स्थित पिपलबोटमा निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोलि हानि हत्या भयो । गौचनको हत्यामा पुनकै संलग्नता रहेको प्रहरिको भनाई छ ।
तर उक्त घटनाका मूख्य योजनाकार समिरमान सिंह बस्नेत पक्राउ परे । केन्द्रिय अनुसन्धान व्यूरो सिआईबिको टोलिले उनलाई पक्रउ गरेर नेपाल ल्याएको हो । प्रहरिसँगको बयानको क्रममा बस्नेतले दुर्गा तिवारीको हत्यापछि मनोज पुनसँग विवाद भएको र आफुहरु छुट्टिएको बयान दिएका थिए ।
बयानकै क्रममा बस्नेतले गौचन हत्यामा पुनको नभई आफ्नो समूहको संलग्नता रहेको बताएका छन् । गौचन हत्याका शुटर भनिएका श्याम गोम्बे पनि पक्राउ परिसकेका छन् ।

English
MTV NEPAL MTVNEPAL


