फिलिपिन्समा हैजाका कारण १० जनाको मृत्यु

फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने बालाबाकमा हैजाका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । पहाडी क्षेत्रमा पर्ने त्यस ठाँउमा हैजाले मरेका मध्ये एक जना ११ महिने बालक पनि रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बालाबाकमा दुई महिनादेखि हैजा फैलिएको छ । त्यस क्षेत्रमा दुई सय जना भन्दा बढी हैजाले प्रभावित भएका छन् । दूषित पानीको प्रयोग र सरसफाईको कमीले हैजा फैलिएको अधिकारीहरुले बताएका छन् । सन् २०१७ को सेप्टेम्बर महिनामा पालावानमा पनि यस्तै हैजा फैलिएको थियो । त्यतिबेला चार जनाको मृत्यु भएको थियो । सिन्ह्वा

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com