The Office of the Prime Minister and Council of Ministers in Singha Durbar as captured on Friday, October 14, 2016. Photo: RSS

राष्ट्रियसभा सदस्यमा खतिवडा, बिडारी र राई सिफारिस

राष्ट्रियसभा सदस्यमा सरकारले तीन जनाको नाम सिफारिस गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् ।

बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो ।
खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका दुईपटकसम्म उपाध्यक्ष हुन भने बिडारी प्रचण्ड निकट कानुन ब्यवसायी दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट समानुपातिक सभासद् हुन् । त्यस्तै राई राष्ट्रिय योजना आयोगको पूर्वसदस्य तथा एमाले समर्थक वुद्धिजिवी संगठनमा रहेकी थिईन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्ध गरेर केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले नयाँ नाम सिफारिस गरेको हो ।

देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयले सो सिफारिसलाई औपचारीकता दिएको थिएन् ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com