विप्लवको पार्टीको कार्यक्रम विथोलियोः पूर्वराज्यमन्त्री राईसहित ३५ बढी नेता कार्यकर्ता पक्राउ

६ फागुन । मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रमबाट दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । नेता कार्यकता पक्राउ परेपछि कार्यक्रम विथोलिएको छ ।

पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगरमा आयोजित कार्यक्रममा सहभागी हुन आएका उनीहरुलाई विराटनगरको राजवंशी चोक, संसारीमाई लगायतका स्थानबाट पक्राउ गरेको हो । पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश वली र पूर्वराज्यमन्त्री पदम राईसहित ३५ भन्दा बढी नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

जिल्लाका कानेपोखरी, वेलवारी, केराबारी विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवा लगायतका स्थानबाट प्रहरीले १० वटा गाडी र त्यहाँ रहेका नेकपाका कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रहरीले भने कार्यक्रममा सहभागी हुने आएकालाई सोधपुछका लागि मात्र नियन्त्रण्मा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विष्णुहरि कोइरालाले उनीहरुलाई सोधपुछका लागि मात्र नियन्त्रण्मा लिएको र सोधपुछ पछि छाडिने जानकारी दिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com