संसदिय दलको नेतामा प्रचण्ड चुनिय

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको नेता चयन भएका छन् । संसदीय दलको नेता चयनसँगै उनी अब माअ‍ोवादीभित्र प्रधानमन्त्रीका एक्ला दावेदार बनेका छन् ।

आज बसेको माअ‍ोवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । आइतबार बिहान सिंहरवारस्थित दलको कार्यालयमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत चयन गरेको नेता अग्नी सापकोटाले जानकारी दिए ।

पार्टी एकतासँगै एमाले अध्यक्ष ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री बन्ने अनौपचारिक सहमति जुटेको समाचार आएको थियो । तर, त्यसपछि पार्टी एकतामा थप प्रगति भएको छैन् । आजको बैठकमा प्रचण्डले एकतावारे ओलीसँग थप कुरा गर्ने बताएका थिए । ‘गत बुधबार नै एकता प्रकृयाबारे लगभग टुङगो लागिसकेको थियो, तर बीचमा अडिकयो तर किन अडिकयो भन्ने कुरा आज म कुरा गर्दैछु ।’ बैठकमा प्रचण्डले भनेका थिए ।

ढिलोचाँडो प्रधानमन्त्री बन्छु : प्रचण्ड
संसदीय दलको नेतामा चयन भएपछि बैठक स्थलबाट बाहिरिदै गर्दा अध्यक्ष दाहालले छिटै पार्टी एकताको टुंगो लाग्ने बताए । एकताको कुरा गर्न जादै छु भन्ने संक्षिप्त प्रतिक्रिया दिएका थिए ।

आजको बैठकमा पार्टी एकता लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनले पार्टी एकताका लागि केही सैद्धान्तिक र केही बैचारिक विषयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुनेबारे पनि बैठकमा छलफल भएको उनले जानकारी दिइन् ।

अध्यक्ष प्रचण्डले समानुपातिकबाट प्रतिनिधिसभाका लागि चयन भएका सांसदहरुलाई प्रमाण पत्र सहित बधाई तथा दिएका थिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com