दुई दिनभित्रै माओवादी पनि सरकारमाः मन्त्री पण्डित

काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक/दुई दिनभित्रै माओवादी पनि सरकारमा सहभागी हुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र माओवादी पनि सहभागी हुने बताएका हुन् । ‘एक/दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्रपनि सरकारमा सहभागी हुन्छ ।’ मन्त्री पण्डितले भने । उनले एमाले र माओवादी केन्द्रवीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै घोषणा हुने जिकिर गरे ।

साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आफूले भर्खरमै जिम्मेवारी सम्हालेकोले केही दिन मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययनमा समय खर्चिने विश्वास दिलाए । ‘अहिले मन्त्रालयले लिएका नीतिहरु अध्ययन गर्न बाँकै नै छ, म विज्ञहरुसँग छलफल गर्छु, कार्यक्रमहरु बुझ्न बाँकी छ, त्यसैले म अहिले नै ईतिश्री अभिव्यक्त गर्न सक्दिन् ।’ उनले भने ।

राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने,’वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ बाउनको लागि दत्तचित्त भएर काम गर्छु ।’

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com