एमाले-माओवादीको आज ‘निर्णायक’ बैठक

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने प्रयासमा शुक्रबार पनि एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक बस्दैछ । बिहीबार नै बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिलगायतका कार्यक्रमका कारण बैठक बस्न सकेको थिएन ।

शुक्रबार बैठक बस्ने भनिए पनि समय र स्थान निश्चित भइसकेको छैन । तर, नेताहरुले आजको बैठकबाट पार्टी एकतालाई ठोस निष्कर्षमा पुर्‍याइने बताएका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आजको बैठकलाई निर्णायक बनाउने तयारी भइरहेको जानकारी दिइन्  ।यसैगरी एमाले नेता सुवास नेम्वाङका अनुसार आज पार्टी एकताको विषयमा ठोस निर्णय हुनसक्ने छ ।

एमाले-माओवादीबीच एकीकृत पार्टीको सिद्धान्त र पदीय भागबण्डामा कुरा मिलेको छैन । यी विषयमा कुरा नमिलेसम्म सरकारमा सहभागी नहुने अडान माओवादीले लिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com