गुल्मीमा भीरबाट लड्दा एक बृद्धको ज्यान गयो

भीरबाट लड्दा गुल्मीमा एक जना बृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मी रेसुंगा नगरपालिका १० सिमिचौर निवासी ६९ वर्षीय श्यामलाल अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताएका छन् ।  शिवरात्रीको दिन मंलगबार विहान स्थानीय शिवालय मन्दिरमा गएका अर्याल राति अबेरसम्म पनि घर नफर्किएपछि बुधबार बिहान उनका आफन्तहरुले खोज्दै जाने क्रममा उनलाई मृत अवस्थामा फेला पारेका थिए । उनी फेला परेको स्थानमाथि अग्लो भिर रहेको र त्यही भिरबाट खसेको कारण उनको ज्यान गएको हुनसक्ने स्थानीयले बताएका छन् । अर्यालको शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com