२९ माघ, काठमाडौं । काठमाडौंसहित देशका विभिन्न भागमा आज मौसम धुम्मिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा सोमबार र मंगलबार घाम नलाग्ने र पहाडी क्षेत्रमा पानी पर्न सक्ने जनाएको छ ।
काठमाडौंमा २ दिन घाम नलाग्ने सम्भावना रहेको जानकारी मौसमविद् वरुण पौडेलले दिएका छन् । मंगलबार बेलुकातिर मात्रै मौसममा सुधार आउने सम्भावना रहेको बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्छ ।

English
MTV NEPAL MTVNEPAL


