२३ माघ, काठमाडौं । काठमाडौको बूढानीलकण्ठ नगरपालिका अहिले कर्मचारी विहिन भएको छ ।
प्रशासन सञ्चालन गर्ने एकमात्र प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुदा कामकारवाहि प्रभावित भएको हो ।
अहिले एक नासु मात्र प्रशासन शाखामा छन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारी यही माघ १८ देखि २८ गतेसम्म बिदामा छन् ।
यसैगरी अहिले नगरपालिकामा स्वास्थ्य, महिला तथा बालबालिका, शिक्षा, कृषि, पशु, प्राविधिक र सामाजिक विकास शाखा स्थापना गरिए पनि पर्याप्त कर्मचारी नहुँदा काम प्रभावित भएको छ । कर्मचारीको अभावले आन्तरिक लेखा परीक्षण शाखा अझै नबनेको नगरपालीका स्रोतले जानकारी दिएको छ ।
अहिले नगरपालिकामा केन्द्रबाट थप कर्मचारी नआएको र पहिल्यैका करार कर्मचारीद्वारा काम चलाइएको छ ।

English
MTV NEPAL MTVNEPAL


