आगामी बर्ष मंसिरमा एक दिन मात्र विवाहको साईत

काठमाडौं । नयाँ बर्ष विवाह , ब्रतबन्धको तयारी त गरिरहनु भएको छैन नि ? यदी छ भने अली चनाखो हुनु होस् । आगामी बर्ष विवाहको लागि मंसिरमा एक दिन मात्र साईत रहेको छ । आगामी वर्ष विवाहको लगन फागुनमा धेरै परेको छ । विवाहको महिना मानिने मंसिरमा भने एक दिनमात्रै साइत परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । जसमध्ये एक ‘सूर्य पञ्चाङ्ग’का अनुसार आगामी वर्ष विवाहका लागि कुल ३४ वटा साइत जुरेका छन् ।

बैशाखमा ५,६,१६ र २८ गते गरी चार दिन विवाहमूहूर्त छ भने असारमा ६, ७, ९, ११, १५, र १६ गते छ । तर, मंसिरमा भने एक दिनमात्रै बिहेको साइत छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार मंसिर महिनामा २९ गते मात्रै विवाहमूहूर्त छ । माघमा १० दिन बिहेको साइत छ । पात्रो अनुसार माघ ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ गते बिहे गर्न साइत जुर्छ ।

०७५ साल फागुनमा सबैभन्दा धेरै, अर्थात् झण्डै आधा महिना -१३) दिन विवाहको साइत जुरेको छ । फागुन १, २, ७, ८, ९, १०, १३, १४, २३, २४, २५, २८ र २९ गते बिहेको साइत जुरेको छ । व्रतबन्धको साइत जम्मा चार दिन रहेको छ ।

आगामी वर्ष व्रतबन्धका लागि निकै कम साइत जुरेको छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार असारमा ८ र २१ गते अनि माघ २७ र फागुन ९ गते मात्रै व्रतबन्धको साइत जुरेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com