युवतीलाई धम्काउने ३ युवा पक्राउ

जिल्ला कार्यालय सुर्खेतले युवतीलाई फोनमा ज्यान मार्ने धम्की दिएको आरोपमा सिन्धुपाल्चोकबाट ३ जना युवालाई पक्राउ गरेको छ ।  २ महिनादेखि सुर्खेत क्याम्पसमा पढ्ने युवतीलाई फोन गरेर अश्लिल शब्द बोल्ने, परिवारलाई गाली गर्ने तथा ज्यान मार्ने जस्ता धम्की दिएको भन्दै जाजरकोटका ३ युवालाई सिन्धुपाल्चोकको मेलम्चीबाट प्रहरीले पक्राउ गरिएको हो । प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार युवतीको उजुरीका आधारमा भेरी नगरपालिका–७ का २२ वर्षीय चन्द्रबहादुर विक, हरिबहादुर बुढा र त्रिवेणी नलगाड नगरपालिका–१० का २६ वर्षीय रमेश रावतलाई पक्राउ गरिएको हो। युवतीलाई फोन गरेर धम्काउनेको फोन नम्बरको सिमकार्डको अनुसन्धान गर्दै जाँदा तीन जनालाई पक्राउ गरिएको हो , अब उनीहरुलाई आवश्यक कारबाही चलाउने बताएका छन् । लगातार फोनबाट धम्काएपछि युवती क्याम्पस जान पनि छोडेको युवतीले बताएकी छन्।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com