प्रधानमन्त्री र सुष्मा स्वराजको भेटवार्ता हुँदै

नेपालको भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री शेरबहादुर देउवाको बीचमा भेटघाट भइरहेको छ । विहीबार नेपाल आएकी स्वराजको पहिलो भेट एमाले अध्यक्ष केपी ओलीसँग भएको र शेरबहादुर देउवासँगको भेटघाट अन्तिम हुनेछ । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीका साथै मधेशवादी दलहरुसँग पनि भेट भइसकेको जानाकारीमा आएको छ ।   भेटका क्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्य मन्त्री सुनिलबहादुर थापा र अर्थराज्यमन्त्री उदय शमशेर राणा पनि सहभागी छन् । भेटवार्तामा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले यो भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन विदेशमन्त्री स्वराजसँग छलफल भइरहेको बताएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com