सुष्मा स्वराजको राजनीतिक भेटवार्ता जारी

१९ माघ, काठमाडौं दुईदिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजको राजनीतिक आज पनि भेटवार्ता जारी रहेको छ ।
नेपाल भ्रमणका लागी बिहीबार काठमाडौं आएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले आज राष्ट्रपति, प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष लगायतसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

स्वराजले बिहान साढे ९ बजे सोल्टी होटलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गर्ने कार्यक्रम रहेको छ । भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितका बारेमा छलफल हुने बताइएको छ ।

स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् । शितल निवासबाट साढे १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जानेछिन् ।

स्रोतका अनुसार, मधेस केन्द्रित दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

स्वराज आजै दिउँसो ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com