माघ १७ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ ३१ इन्च मात्रै पाईएको छ । देशभर रहेका होचा व्यक्तिको उचाइ गुगलमा खोजिएपछि सबैभन्दा कम उचाई रहेको थाहा भएको हो ।
१३ किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेटेका छन् ।
उनले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक रु तीन हजार आन्तरिक स्रोतबाट उपलब्ध गराउने गरी प्रदान गर्ने घोषणा गरे ।
नेपालमा रहेका र रेकर्ड बनाउने सबै होचा व्यक्तिको निधन भइसकेको छ । प्रमुख पराजुलीले भने–‘प्रकाश नेपालका होचा व्यक्ति नहुन पनि सक्छन्, हुन पनि सक्छन् । तर, यस्ता व्यक्तिलाई प्रोत्साहन गर्नु महानगरपालिकाको कर्तव्य ठानेका छौं ।’
पराजुलीले प्रकाश होचा प्रमाणित भएको अवस्थामा विराटनगरका लागि गौरवको विषय हुने बताए ।
नागरिकता प्राप्त गरिसकेका प्रकाशलाई हालैमात्र विराटनगर–१९ वडाका अध्यक्ष बद्रीनारायण सरदारको सहयोगमा भत्ताबापत मासिक रु दुई हजार दिने गरी रातोकार्ड बनाइएको छ ।

English
MTV NEPAL MTVNEPAL


