नेकपा एमालेभित्र राष्ट्रपति नयाँ बनाउने कि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । मंगलबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै राष्ट्रपति भण्डारीलाई नै दोहोर्याउनुपर्ने प्रस्ताव राखेपछि बैठकमा उपस्थित बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्विकार गरेका थिए । उनले एकै व्यक्तिलाई दोहोर्याउन नहुने अडान लिए । खनालले आफूलाई राष्ट्रपतिको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । बैठकमा ओलीले भण्डारीलाई नै पूनः दोहोर्याउने प्रस्ताव गर्न नपाउँदै उनले त्यसको विरोध मात्रै गरेनन् । निर्णय नगर्दासम्म सशक्त प्रतिवाद गर्नेसम्मको संकेत दिएको स्रोतको दाबी छ । तर ओलीको उक्त प्रस्तावबारे अर्का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल भने मौन देखिएका थिए । उनी यसबारेमा साईलेन्ट बसेको स्रोतको दाबी छ। ओलीले यसअघि नै कम्तिमा राष्ट्रपतिले पाँच वर्ष चलाउन पाउनुपर्ने आफूहरुको मान्यता भएकोले अहिलेको राष्ट्रपति भण्डारीलाई दोहोर्याउने धारणा सार्वजनिक गरेका थिए ।

English
MTV NEPAL MTVNEPAL


