धनुषामा टाटा सुमो दुर्घटना : ६ जनाको मृत्यु, ४ जना घाइते घाइतेहरुको अस्पतालमा उपचार भइरहेको

धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमाे दुर्घटनामा परेको हो ।  दुर्घटनमा मृत्यु हुनेमा विराटनगरका वर्ष ४५ की शारदा रेग्मी दाहाल, विराटनगरकै वर्ष ३२ का प्रल्हाद न्यौपाने, खोटाङ निर्मलडाँडाका वर्ष २७ का ज्ञानबहादुर चौहान, मोरङ लेटाङ ८ का वर्ष ४० का खेमकुमार रानामगर, संखुवासभा धर्मदेवी वडा न ९ का २९ वर्षका नयाराज जिमी र पाँचथर रवि छ का वर्ष ३१ का प्रनिता राई रहेको डिएसपी प्रविन धितालले बताए । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com