गाउँपालिका अध्यक्षद्वारा अधिकृतमाथि हातपात योजनाको भुक्तानि गर्न नमानेपछि हातपात गरेको

सिन्धुपाल्चोकको चौतारा गाउँपालिकामा गाउँपालिका अध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । काम सम्पन्न नभएको योजनाको भुक्तानि गर्न नमानेपछि प्रमुख श्रवणकुमार जिसीले अधिकृत प्रमोद तिमिल्सिनालाई कार्यकक्षमै हातपात गरेको जानकारीमा आएको छ । गाउँपालिकाको भिलेज प्रोफाइलका लागि यसअघि नै ७ लाख रुपैयाँ विनियोजन गरिएको थियो तर उक्त योेजनाको भुक्तानि अधिकृतले नगरेपछि अध्यक्ष र अधिकृतबीच विवाद भएको र विवादकै क्रममा आवेशमा आएर हातपात समेत गरेका हुन् ।नियमअनु्सार काम  गरौँ भन्दा आफुलाई हातपात गरेको आरोप  अधिकृतले लगाएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पनि घटनाको बारेमा जानकारी गराइएको छ । प्रमुख जिल्ला अधिकारी तामाङले भने लिखित रुपमा घटना दर्ता गर्न आफूले भनेको जानकारी दिए । सुनकोशी गाउँपालिकाले यसअघि आफ्नो गाउँपालिका भित्रका सबै विद्यालय व्यवस्थापन समिति समेत विघटन गरेको थियो । यसमा समेत प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले असहमति जनाएका थिए । तिमिल्सिना पनि सोही गाउँपालिकाका स्थायी बासिन्दा हुन् । घटनाबारे गाउापालिकाका अध्यक्ष जिसीसाग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com