पशुपतिमा गाँजा प्रतिबन्ध गर्ने तयारी नयाँ पुस्ता कुलतमा नलागोस् भन्ने उद्देश्य रहेको

महाशिवरात्रीको अवसरमा धेरै गाँजा र नसालु पदार्थ भित्रिने आशंकामा पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरभित्र गाँजा लगायत नसालु पदार्थको प्रतिबन्ध गर्ने तयारी गरेको छ । महाशिवरात्री आउन करीब तीन साता बाँकी रहँदा कोषले यस्तो प्रतिबद्धता गरेको हो । कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीका अनुसार महानगरीय प्रहरी र कोषको दुई महिना लामो संयुक्त अनुगमनपछि कोष गाँजा लगायतका नसालु पदार्थमा प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको हो। हामीले प्रहरीसहित दुई महिनासम्म अनुगमन गर्‍यौँ। नयाँ पुस्तामा यसको सेवन तथा प्रयोग बढेको भेटियो  पराजुलीले भने, नयाँ पुस्ता कुलतमा नलागोस् भनेर प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हौँ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com