दाङको देउखुरीमा सडक दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । भालुवाङबाट लमहीतर्फ जाँदै गरेको रा १ ज २०० नम्बरको जिप र लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा १ ज २०० नम्बरको ट्रिपर एकआपसमा ठोक्किदा १५ जना घाइते भएका हुन् । घाइतेमध्ये ४ जनाको अबस्था गम्भीर भएको प्रहरीले बताएको छ। गम्भीर घाइते हुनेमा लमही १ नर्तीकी लक्ष्मी रिजाल , लमही ७ सतबरियाका जिप चालक जुदै चौधरी ,लमही १ का रेकम चौधरी, राप्ती गाउँपालिका ६ का दिलबहादुर चौधरी र वडा नम्बर ८ का अरबिन चौधरी रहेका छन । गम्भीर घाइतेको बुटवल रिफर गरिएको छ भने सामान्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको लमही प्रहरीले बताएको छ।

English
MTV NEPAL MTVNEPAL


