पेस्तोल देखाएर लुटपाट

सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा मंगलबार राति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन्। काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४:३० बजे खबर आएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए। दशजनाको नकाबधारी समूहले राति करिब २:३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर कम्पाउण्डमा प्रवेश गरी मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर भित्र पसेको प्रारिम्भक अनुसन्धानमा खुलेको उनले जानकारी दिए। प्रहरीका अनुसार नकाबधारी समूहलेभित्र पसेर रिभल्वर देखाउँदै घरका १० जनाको परिवारको मोबाइल खोसेर सबैलाई डोरीले बाधेर लुटपाट गरेका थिए। अनुसन्धानबाट लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद एक लाख ६२ हजारलगायत १४ लाख भन्दा बढीको धनमाल लुटपाट गरेको  प्रहरीको भनाइ छ।

पीडित तामाङका अनुसार नकाबधारी समूहमा आएकाले एकजनाले पेस्तोल देखाएको, एकजनाले पेस्तोल बोकेको र अन्यले खुकुरी, रडलगायतका घरेलु हतियार लिएका थिए। हतियार देखाएर परिवारका सबैलाई कब्जामा लिई सुरुमै सबैको मोबाइल लिई हातखुट्टा बाँधी आतंकित बनाएर लुटपाट गरेको उनको बताए। लामाले भने, ‘आमासहित सबै परिवारलाई नियन्त्रणमा लिए, मलाई आमालाई केही गर्लान् कि भन्ने डर लाग्यो, मेरो आमालाई केही नगर, के चाहिन्छ लैजाऊ भने पछि नगद, गहना, मोबाइल सबै लगे, मेरो होस् नै उड्यो।’ लुटेरा समूह मध्येका एकले जाने बेलामा लामाको छोराको गालामा म्वाइ खाएर सुमसुम्याएर गएको बताउँदै प्रहरीले लुटेरा समूहमा लामासँग चिनजान भएका, घरमा आउनेजाने गर्ने व्यक्ति भएको हुनसक्ने अनुमान गरेको छ। प्रहरीले चौतर्फी लुटेरा समूहको खोजी गर्दै अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिए। रासस

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com