जुनसुकै ठाउँमा जान तयार छौं – देबकोटा

एमाले निकट कर्मचारी संगठनले सरकारले खटाएको ठाउँमा गएर सेवा गर्ने निर्णय गरेको छ । कर्मचारीहरु सरकारले खटाएको ठाउँमा जना आनकानी गरिरहेको अवस्थामा नयाँ सरकारलाई सघाउने योजनासहित एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले सरकारले खटाएको ठाउँँमा जान तयार रहेको घोषणा गरेको छ ।

सरकारले प्रदेश र स्थानीय तहहरुमा आवश्यकता अनुसार कर्मचारी पठाउन सकेको छैन । कर्मचारी समायोजन तथा व्यवस्थापन ऐनमा स्वच्छिक अवकास वा खटाएको ठाउँमा जाने दुई विकल्प अघि सारिएको छ । तर, पनि शेरबहादुर देउवा सरकारले प्रदेश र स्थानीय तहमा सरकार पठाउन सकेको छैन । अब कर्मचारी खटनपटकको जिम्मा नयाँ सरकारतिर सर्ने देखिएको छ ।

एम.टि.भि नेपालसँग कुरा गर्दै संगठनका अध्यक्ष केदार देबकोटाले भने विधि र मापदण्ड पुर्‍याएर समायोजन गरिए संघका पदाधिकारी र सदस्य जुनसुकै तह र स्थानमा जान तयार छन । तर उनले यसरी जाने कर्मचारीहरुको सचिव र सहसचिवको जस्तै अरुको पनि एक श्रेणी बढुवा गर्नु पर्ने संघको माग रहेको जनए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com