सिलवाल खोज्न गएको प्रहरी रित्तो हात फर्कियो आइतबार १६५ जना प्रहरी परिचालन गरिएको थियो

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल खोज्न गएको प्रहरी टोली रित्तो हात फर्किएको छ । कार्यसम्पादन मुल्याङ्कन फारम कीर्ते गरेको आरोप लागेका सिलवाल खोज्न आइतबार १६५ जना प्रहरी परिचालन गरिएको थियो । सिलवालले आफू ललितपुरको भट्टेडाँडामा प्रहरीसँगै रहेको दाबी गरेपछि सिलवाललाई खोज्न महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नकुल पोख्रेलेको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।  बिहानै प्रहरी टोली ललितपुरको भट्टेडाँडामा पुगेर सिलवालको खोजी गरेको थियो । तर सिलवालको सुराक पनि फेला पार्न नसकेपछि टोली दिउँसो २ बजे कार्यालय फर्किएको ललितपुरका एसएसपी गणेश ऐरले बताए । उनको खोजी अझै जारी रहेको प्रहरीले जनाएको छ ।

डिआइजीबाट बढुवा हुने बेला सिलवालले कासमू कीर्ते गरी आफ्नो अंक बढी बनाएर सर्वोच्चमा फाइल पेश गरेको सर्वोच्चको फैसला थियो । सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाइएको थियो । सिलवाल ललितपुरमा रहेको भन्दै काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई १८ पुसमा सिलवाललाई उपस्थित गराउन भन्दै पत्र काटेको थियो । त्यसको एकसाता पछि ललितपुर प्रहरीले सिलवाल फेला नपरेको भन्दै काठमाडौं प्रहरीलाई जवाफ पठाएको थियो ।  त्यसपछि अपराध अनुसन्धान विभागले सिलवाललाई उपस्थित गराउन भन्दै सातै प्रदेशका प्रमुखलाई पत्र काटेको थियो । सिलवाल आफू पूर्वनिर्धारित योजनाअनुसार एक कार्यक्रमका लागि मलेसिया गएको बताएका थिए । अहिले उनी नेपालमै प्रहरीकैबीच रहेको भन्दै अन्तर्वार्ता दिँदै आएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com