काठमाडौं ।
नेकपा एमाले र माओवादीको संयुक्त कार्यदलले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटको भागवण्डामा सहमति गरेको छ। आज बसेको कार्यदलको बैठकले १४ सिट माओवादीले र २९ सिट एमालेले लिने गरी सहमति भएको माओवादी नेता मात्रिका यादवले बताए। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने कार्यदलका सुवासचन्द्र नेम्वाङले बताए ।
राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसाग पनि तालमेलपछि निर्णय गरिने नेम्वाङले जानकारी दिएका छन् । राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते हुँदैछ ।

English
MTV NEPAL MTVNEPAL


