यातायात व्यवस्था कार्यालयका दुई कर्मचारी घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३२ हजार घुस रकमसहित दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंमा कार्यरत नायव सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।लेखापढी व्यवसायी अशोक कार्कीसँग विदेशी सवारी चालक अनुमति पत्र नेपालीकरण गरिदिने भन्दै घुसरकम लि‌इरहेको अवस्थामा अख्तियारको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com