प्रदेश प्रमुख तोक्न ढिलाई भएको भनेर सर्बत्र आलोचना भएपछी सरकारले आज प्रदेश प्रमुख तोक्न मन्त्री परिसदको बैठक बोलाएको छ । उक्त कार्यको लागि प्रधानमन्त्रि शेर बहादुर देउवाले आज प्रमुख पार्टिका नेताहरु सँग छलफल गर्नु हुने भएको छ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका लागि बिहान ९ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । देउवाले आजै पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने तयारी गरेका छन् ।
प्रमुख दलका नेताहरुसँगको छलफल पश्चात आज दिउँसो बैठक राखेर प्रदेश प्रमुख र आस्थाई राजाधानी तोकिने प्रधानमन्त्रिको स्रोतले एम.टि.भि नेपाललाई बातायो । एमाले-माओवादीसँग छलफलपछि मंगलबार दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको र सम्भवत सोही बैठकबाट प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय हुने छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘प्रदेश प्रमुख र प्रदेशको अस्थायी कार्यालय तोक्ने सबै तयारी पूरा भएको छ ।’
सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

English
MTV NEPAL MTVNEPAL


