देवघाटमा माघे संक्रान्ति मेला भर्नेको घुँइचो

पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा माघे संक्रान्ति मेलामा भक्तजनको घुइँचो लागेको छ । नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर देवघाटमा स्नान  र पूजाआजा गरेका छन् ।  देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।  आईतबार आएका भक्तजन रातभर भजनकीर्तनसहित धुनी लगाई जाग्राम बसेर बिहान नै गंगामा नुहाइ पूजाआजामा सक्रिय भएका थिए । परापूर्वकालदेखि नै देवघाटमा यो समयमा विशेष मेला लाग्दै आएको छ । नेपालकै महत्वपूर्ण धार्मिक तीर्थस्थलको गन्तव्य मानिने देवघाट भारतका हिन्दूको समेत मुख्य तीर्थस्थल बन्ने गरेको छ ।

देवघाट क्षेत्र विकास समितिले मेला सम्पन्न गर्न १ सय ५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेर तयारी गरेको थियो ।  मेलामा आउने झक्तजनलाई सहजताका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । चिसो मौसम भएकाले भक्तजनलाई धुनीको व्यवस्थासमेत मिलाइएको थियो ।  यस्तै स्वास्थ्य उपचार, शौचालय, स्नान स्थल व्यवस्थापन, विद्युत, आकस्किम उद्धार तथा आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ । त्रिशूली र कालीगण्डकी नदीको संगम बेणीमा माघेसङ्क्रान्ति मेला लाग्ने गरेको छ । यसैबीच, देवघाट मेला गएका एक पुरुषको त्रिशुली नदीमा डुबेर मृत्यु भएको छ ।  चितवनको रत्ननगर ३ निवासी ६५ बर्षका पद्मनाथ अधिकारीको त्रिशुलीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । देवघाट मेला गएका अधिकारी नुहाउने क्रममा डुबेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए । अधिकारीको शव त्रिशुली नदीमा बग्दै गरेको अवस्थामा शसस्त्र प्रहरीले निकालेको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com