दाङमा माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु, १० घाइते

 दाङको घोराही-तुलसीपुर सडकखण्डको विजौरीमा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सोमबार बिहान बा३ख ९५२१ नं. को माइक्रोबस बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  माइक्रो बसमा सवार तुलसीपुर–३ श्रीकुला निवासी २२ वर्षीय ज्ञानबहादुर गिरीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।  घाइतेमध्ये चारजना गम्भीर रहेको र उनीहरुलाई बाँके अस्पतालमा पठाइएको र अन्य ६ जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com